प्रहरीलाई कोभिडबारे प्रशिक्षण

प्रहरीलाई कोभिडबारे प्रशिक्षण

गुलरिया : जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरीलगायत प्रहरी अधिकारीलाई कोभिड उपचार तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिइएको छ । कोभिडको अग्रपंक्तिमा काम गर्दै आएका सुरक्षाकर्मीलाई बढ्दै गइरहेको कोभिडका बारेमा सचेत पार्न प्रशिक्षित गरिएको हो ।

गुलरिया अस्पताल बर्दियाका डाक्टर नरेश बहादुर श्रेष्ठले उचित समयमा प्रहरीहरुलाई कोभिडबारे सचेतना तालिम प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए । 

बढ्दै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीका बारेमा श्रब्यदृश्यमार्फत प्रहरीलाई प्रशिक्षण दिइएको शाहीले प्रष्ट्याए । आफू सुरक्षित रहेर नागरिकलाई कसरी सुरक्षा प्रदान गर्ने सन्र्दभमा तालिम केन्द्रित थियो ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रत्येक प्रहरी कर्मचारीले मास्क, सेनिटाइजर, साबुन पानीले हातधुनेलगायत सामाजिक दूरी कायम राख्ने बारेमा सचेत पारिएको छ । जिल्लाका अन्य स्थानीय तहका स्वास्थ्यकर्मीले इलाका अन्र्तगतका कार्यालयमा समेत तालिम दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.