पूर्णरुपमा सञ‍्चालनमा आयो कोरोना अस्पताल, एकैपटक २ सयजनाको उपचार गर्न सकिने

पूर्णरुपमा सञ‍्चालनमा आयो कोरोना अस्पताल, एकैपटक २ सयजनाको उपचार गर्न सकिने

विराटनगर  : लक्षणसहितका कोरोना संक्रमित थपिदै गएपछि प्रदेश १ सरकारले विराटनगरमा स्थापना गरेको कोभिड अस्पताल (कोशी कोभिड १९ उपचार केन्द्र)लाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको छ । 

यो अस्पताल पूर्ण क्षमतामा सञ्चालन आएसँगै अब भेण्टिलेटरसहित १ सय ८० जनाले एकैपटक सेवा पाउनेछन् । शुक्रबारबाट अस्पताल पूर्णरुपमा सञ्चालनमा आएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईले अनुगमन गर्दै अब करिब २ सय बिरामीको उपचार एकैपटक गर्न सकिने बताए ।

‘यसअघि ३२ शैया आइसीयूसहित ८० शैया मात्रै सञ्चालनमा थियो, 'मुख्यमन्त्री राईले भने ‘अब १ सय ८० शैया भेण्टिलेटरसहित सञ्चालनमा ल्याएका छौँ ।’ संक्रमितको संख्या बढिरहेकाले लक्षण भएकालाई राख्न पूर्र्ण क्षमतामा अस्पताल सञ्चालन भएको सामाजिक विकास मन्त्री उषाकला राईले बताइन् । 

कोभिड अस्पतालमा गत वर्षको कोरोना संक्रमण बढेको समयमा शैया विस्तार भएपनि संक्रमणको विस्तार कम भएसँगै त्यसमा अन्य पूर्वाधार जडानको काम हुन सकेको थिएन । अहिले सो कामलाई प्राथमिकता दिदै अन्य उपकरण जडानको काम पनि भएको छ । ‘मुख्य कुरा अक्सिजनसहितको कक्ष स्थापनालाई जोड दिएका छौँ, लक्षण देखिएकालाई आवश्यक पर्ने सबै संरचना निर्माण भएको छ,’ मुख्यमन्त्री राईले भने ।

पहिलेको अस्पताल प्रदेश सरकारले मात्रै स्थापना गरे पनि अहिले सँगै रहेको ब्लकमा नागरिक केयर सेन्टरको सहयोगमा थप शैया राखेर क्षमता बढाइएको हो । नयाँ सबै शैयामा अक्सिजनको पाइप जडान गरि सकिएको छ । अस्पतालका संयोजक बैजनाथ साहका अनुसार अहिलेनै २१ थान भेन्टिलेटरयुक्त शैया पनि सञ्चालनमा आइसकेको छ । 

नयाँ स्थापना गरिएको ब्लकमा थप ५ थान भेन्टिलेटर जडान गरिएको छ । कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मनिटरसहित ५० शैयाको आइसियु र त्यतिकै संख्यामा एचडियु शैयाहरु तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ ब्लकमा विस्तार भएको अस्पतालमा ‘हाई फ्लो नोजल क्यानुला’ १५ थान रहेको र त्यसबाट बिरामीलाई ५० लिटरसम्म अक्सिजन प्रवाह गर्नसक्ने सामाजिक विकास मन्त्री राईले जानकारी दिइन् ।

मन्त्री राईका अनुसार अस्पताललाई आवस्यक पर्ने अक्सिजन उत्पादन गर्न अस्पताल परिसरमानै अक्सिजन प्लान्ट राख्ने प्रकृया पनि मन्त्रालयले सुरु गरेको छ । ‘अहिले बाहिरबाट ल्याएर अस्पतालमा भएका विरामीलाई अक्सिजन प्रवाह गरिरहेका छौँ, अब अस्पताल परिसरमानै अक्सिजन प्लान्ट राखेर अक्सिजनको आवस्यकतालाई पुर्ति गर्ने तयारी छ,’ उनले भनिन् ।  

अस्पतालमा आवस्यक पर्ने विद्युतको लागि अस्पताल परिसरमानै नयाँ ट्रान्सफर्मर जडान गरिएको र २ सय ५० केभिएको जेनेरेटर जडानसँगै त्यसको अर्थिङको काम पनि सकिएकाले उपकरण सञ्चालनमा कुनै बाधा नहुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

अस्पताल पूर्र्ण रुपमा सञ्चालन भएसँगै ठुलो सख्यामा कर्मचारी आवस्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा पनि प्रदेश सरकार लागेको मुख्यमन्त्री शेरधन राईले बताए । आाइसीयु, एचडियु र भेन्टिलेटरसहितको सेवा विस्तार गर्दा अस्पताललाई स्वास्थ्यकर्मी र कर्मचारीहरुको धेरै आवश्यकता पर्ने मुख्यमन्त्री मन्त्री राई बताउँछन् । 

अस्पताल भित्रको व्यवस्थित बिरामीलाई राख्ने शैया । तस्बिर :  रविन भट्टराई

‘अहिले ३३ जना जनशक्ति कार्यरत रहेका छन्, ४ जना मेडिकल अधिकृत र सेकेण्ड अनकल ड्युटीका लागि थप २ जना गरी ६ जना चिकित्सक कार्यरत भएकाले सबै जनशक्ति थप गर्दै अस्पताल पूर्णरुपमा सञ्चालन गछौँ, सबै प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने । स्वास्थ्यकर्मी बाहेक अन्य कर्मचारी १२ जना र सरसफाईतर्फ ८ जना अहिले पनि कार्यरत छन् । 

एउटा भेन्टिलेटर सुचारु राख्न न्यूनतम ६ देखि ८ जना जनशक्ति आवश्यक हुने र सोही अनुपातमा जनशक्ति व्यवस्थापन गर्न अस्पतालले पनि सुझाव दिएकाले मुख्यमन्त्री सँगको समन्वयमा यसको व्यवस्थापन गर्न मन्त्रालय लागेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की बताउँछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.