प्यूठानमा पनि एक साता लकडाउन
प्यूठान: कोरोना संक्रमणको नयाँ लहरको जोखिमबाट बच्न प्यूठानमा पनि एक साता लकडाउन गरिने भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को शुक्रवार बसेको बैठकले शनिबारदेखि बैशाख २४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधीभर अत्यावश्यक बाहेकका सबै सेवा ठप्प गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
विवाह, व्रतबन्ध एवं अन्य संस्कारका कार्यक्रमहरु पार्टी प्यालेसमा गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृत गरेर मात्र गर्नुपर्ने भुसालले बताए । विवाह लगायत संस्कारका अन्य कामकाजमा पनि १५ जना मात्र सहभागी हुन पाउने छन् ।