दार्चुलामा चार स्वास्थ्यकर्मी सहित थप सात जना संक्रमित

दार्चुलामा चार स्वास्थ्यकर्मी सहित थप सात जना संक्रमित

दार्चुला: दार्चुलाका चार स्वास्थ्यकर्मी सहित थप सात जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरुको एन्टिजेन विधिबाट जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा परीक्षण गर्दा शुक्रबार सात जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा चार जना गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मी, एक जना बोर्डिङ स्कुलका शिक्षक रहेका छन् । यस्तै जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा महाकाली नगरपालिका-५ का एक र मालिकार्जुन गाउँपालिका-८ का एक पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन वीरेन्द्र राज भट्टले बताए ।

यसअघि पनि पाँच स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिएको छ । यससँगै दार्चुलामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेको संख्या २४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.