उपत्यका निषेधाज्ञाको तेस्रो दिनका तीन तस्बिर
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले राजधानी उपत्यका सहित विभिन्न जिल्लामा निषेधाज्ञा गरेको छ ।
राजधानी उपत्यकामा भने बिहीबारदेखि सुरु भएको निषेधाज्ञाको शनिबार तेस्रो दिन हो। सरकारले आइतबारदेखि निषेधाज्ञामा अझ कडाई गर्ने निर्णयसमेत गरेको छ । तर, नेपाल सुपर लिगका खेल भने जारी राखेको छ ।

निषेधाज्ञाको आदेशमा समूहमा हुने खेल खेल्न नपाइने बताए पनि सरकारले नेपाल सुपर लिगलाई स्थगित गरेको छैन । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बलका लागि प्रतिस्पर्धा गर्दै एफसी चितवन र धनगढी एफसी । शनिबारको खेलमा चितवनमाथि धनगढी ३–० ले विजयी भएको छ । तस्बिर : सुनिता डंगोल
ललितपुरको प्रयागपोखरीस्थित सडकमा बसेर खाजा खाँदै एक पुरुष । उपत्यकामा निषेधाज्ञा जारी भएपछि मजदुर र न्युन आय भएका व्यक्ति समस्यामा परेका छन् । तस्बिर : अशोक दुलाल
प्रतिक्रिया दिनुहोस !