नेपाल सुपर लिग : चितवलाई ३-० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा

नेपाल सुपर लिग : चितवलाई ३-० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत शनिबार भएको खेलमा चितवनलाई ३-० ले पराजित गर्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु, आलावाले आफिज र बुद्धबल तामाङले एक-एक गोल गरे। 

पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा चितवनले तीन गोल खाएको हो। पहिलो हाफमा पाएका केही अवसरलाई चितवनले गुमाएको थियो। दोस्रो हाफको ६४ मिनेटमा निशानको गोलबाट धनगढीले विजयी सुरुवात गरेको हो। 

खेलको ६९ औं मिनेटमा ओलावाले गोल गर्दै धनगढीलाई २-० को अग्रता दिलाए। उनले हेडमार्फत् सुन्दर गोल गरेका थिए। दोस्रो हाफमा चितवनमाथि आक्रमक देखिएको धनगढीका लागि तेस्रो गोल खेलको ८० औं मिनेटमा बुद्धबलले गरे।  

अन्तिम समयसम्म प्रयास गरे पनि चितवन भने खेलमा फर्किन सकेन। शनिबारको प्रतिस्पर्धामा निशान लिम्बु प्लेयर अफ दि म्याच बने भने इमर्जिङ प्लेयर अफ दि म्याचको उपाधि बुद्धबल तामाङले पाए। उनीहरुले क्रमश : २५ र १० हजार प्राप्त गरेका हुन्। 

धनगढीले चार खेलमा ७ अंक जोडेको छ। चितवनले भने तीन खेलमा २ अंक मात्र जोडेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.