कोरोना उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा

कोरोना उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा

काठमाडौं : काठमाडौंको मूलपानीमा कोरोना सङ्क्रमितको उपचारका लागि मूलपानी नगर अस्पताल सञ्चालनमा आएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा अहिले दश सङ्क्रमितको उपचार भइरहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए।

कोरोना सङ्क्रमितका बिरामीलाई भर्ना गरी उपचार सुरु गरिएको जानकारी दिँदै उनले सङ्क्रमितको उपचारका लागि आवश्यक परेमा ०१–४१५३५९३ मा सम्पर्क गर्न सकिने बताए।

महिनाको  एक लाख भाडामा लिएर सञ्चालन गरिएको उक्त नगर अस्पतालमा चारवटा एम्बुलेन्स तयारी अवस्थामा छन् । कोरोना सङ्क्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । नगर अस्पतालमा अहिले ४० देखि ५० श्यया प्रयोगमा ल्याउन सकिने थापाले बताए।

साथै नगरपालिकाभित्र कसैलाई कोभिडको शङ्का लागेमा उपचारका लागि एम्बुलेन्स आवश्यक परे ९८४१६५५६२१ चिरन कटुवाल, ९८६१–६६९३०६ कृष्ण बिसुन्खेलाई सम्पर्क गर्न सकिने जानकारी गराइएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै नगरप्रमुख थापाले थप सतर्कता अपनाउन अनुरोध गरे।  उनले भौतिक दूरी कायम गर्न र अनिवार्यरुपमा मास्कको प्रयोग गर्न र कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्नसम्म अनुरोध गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.