बर्दियामा वैशाखभर निषेधाज्ञा

बर्दियामा वैशाखभर निषेधाज्ञा

गुलरिया : बर्दियामा वैशाख मसान्तसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १९ गतेसम्म एकसाताका लागि घरै बस्न आदेश दिएको स्थानीय प्रशासनले न्यु भेरियन्टसहितको कोभिड–१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी गरेको हो ।

कोभिड–१९ को साङ्लो तोड्दै सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन २०२० को दफा २ एवम् स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम वैशाख २० गतेदेखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिवन्ध गरिएको छ । निस्कनै परे अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।

अनुमति प्राप्त सवारी साधन, झण्डावाल सवारी र निलो (कुटनितिक) प्लेटका सवारी साधनहरु, लामो दुरीका मालबाहक साधनहरु, कुखुराका दाना, चल्ला तथा अण्डा ढुवानी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, कर्मचारी (पोशाक र परिचयपत्र अनिवार्य) ले प्रयोग गर्ने बाहेक सबै प्रकारका निजी, सार्वजनिक एवम् सरकारी सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । 

प्रजिअ सुनारले भने शान्ति सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टीन तथा आइसोलेसन, फोहरमैला ब्यवस्थापन, इन्धन, एम्वुलेन्स, शववाहन, दमकल, औषधि तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा संचालनमा निषेध गरिएको छ ।

निषेधाज्ञा अवधिमा विकास निर्माणसम्बन्धी आयोजना जनस्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरी कोभिडका चिन्ह लक्षण नदेखिएका स्वस्थ जनशक्तिलाई निश्चित स्थानमा सुरक्षित आवासको व्यवस्था गर्दै आयोजना संचालन गर्नुपर्ने छ । 

निर्माण सामग्री ढुवानीका लागि सम्‍बन्धित आयोजना प्रमुखले जिल्ला प्रशासन कार्यालय बर्दियासँग समन्वय तथा सहजीकरण गर्नुपर्ने प्रजिअ सुनारले प्रष्ट्याए । जिल्लाका सबै कार्यालय प्रमुखले न्युन कर्मचारी प्रयोग गरी आलोपालो प्रणालीबाट अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

प्रजिअ सुनारले थपे नेपाल सरकार मन्त्रिपरिषदको वैशाख ६ गतेको निर्णय, कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सिफारिशका आधारमा जिल्ला सुरक्षा समिति बर्दियाले निषेधाज्ञा जारी गरेको हो । भारतसँग सिमाना जोडीएका जुनसुकै स्थानबाट हुने आवागमन पूर्ण रुपमा निषेध गरिएको छ । 

शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर, सभा, सम्मेलन गोष्ठि, सेमिनार लगायतका जमघट हुने गतिविधिमा भौतिक उपस्थिति पूर्णरुपमा बन्द गरी भर्चुअल लगायतका वैकल्पिक मार्गबाट मात्र संचालन गर्न पाइने छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.