अक्सिजन सकियो, बिरामी छटपटाउँदै

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ : कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ।  बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको बताए। 

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं। अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छटपटाइरहेका छन्। हामीसँग अक्सिजन शून्य छ। दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन। यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन।’ 

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ। 

चर्को दबाबका कारण यो अस्पताल १ सय बेडको चलाउने निर्णय शनिबार मात्रै गरिएको थियो। ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ।

अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करिब ४ सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए। अस्पतालका बिरामीको रक्षा भगवान भरोसा मात्रै छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.