कोरोना संक्रमणबाट नेपाली सेनाका नायकको मृत्यु
दार्चुला : कोरोनाको संक्रमणका कारण दार्चुलाबाट आइतबार काठमाडौं लगिएका नेपाली सेनाका नायकको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि सिम्रिक हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएका नायकको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
नेपाली सेनामा कार्यरत दार्चुलाको ब्याँस गाउँपालिका घर भएका ४५ वर्षीय उनको मुत्यु भएको हो। वैशाख १५ गते जिल्ला अस्पतालमा उनमा गरिएको एन्टिजेन पोजेटिभ आएको थियो। अस्पतालकै आइसोलेशनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै बिग्रीदै गएपछि आइतबार रेफर गरिएको थियो। दार्चुलामा पछिल्ला दिनहरुमा कोरोनाका संक्रमतिहरु बढ्दै गएका छन्। आज मात्रै १९ जनाको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४