‘नारायणी’ ले जन्माइन् छावा

‘नारायणी’ ले जन्माइन् छावा

चितवन : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रमै जन्मिएकी हुन्, ‘नारायणीकली’। तिनै हात्तीले सोमबार बिहान २ बजे बच्चा पाउँदा प्रजनन् केन्द्रका कर्मचारी खुसी भए। त्यसमा पनि सबैभन्दा बढी खुसी भए, सुकराम महतो। महतोले स्याहार गर्ने जिम्मेवारी सम्हालेका थिए। सन्तानजस्तै गरी पालेको हात्तीले स्वस्थ बच्चा जन्माएपछि उनी हर्षित भएका हुन्। 

‘खुसी लागेको छ। साह्रै माया गरेर हुर्काएको हात्तीले बच्चा पाएको छ’, महतोले भने, ‘जन्मिएपछि नाइटो झर्ने बेला डर थियो हावा पस्छ कि भनेर। त्यस्तो भएन, ढुक्क भयो।’ 

नवजात छावाको शरीरको छाला रातो–रातो थियो। छावा माउको वरिपरि घुस्रिँदै थियो। दूध चुस्न पनि जानेको थिएन। घरी अघि घरी पछि गर्दै आमाको ममतामा रमाउँदै थियो। नारायणीकली बच्चालाई सुमसुम्याउँदै थिइन्। सुँडको छाला कलिलो थियो। हिँड्न मेसो नपाएर लड्न खोज्दा सुसारेले सिकाउँथे। 

तीन कर्मचारी सुत्केरी हात्ती स्याहार्न खटिएका छन्। उनीहरूले नारायणीकलीलाई पोषणयुक्त खाना तयार गरेर खुवाए। चना, मुसुरोको दाल, जुवानो, मुङ्ग्रेलो, चामल, भेली मिसाएर खीर खुवाएका हुन्। त्यस्तै १५ किलो धान, डेढ किलो भेली, २५ ग्राम नुन राखेर कुची बनाएर खुवाए। 

हात्तीको बच्चा पूर्णरूपमा स्वस्थ रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। ‘हात्तीले बच्चा पाउनु हाम्रो लागि खुसीको कुरा हो। आजै (सोमबारं) जन्मिएको नवजात हात्तीको अवस्था स्वस्थ छ’, अधिकारीले भने, ‘यसको स्याहारका लागि कर्मचारी खटाएर विशेष ख्याल राखेका छौं।’

यहो हात्ती निकुञ्जको माडी सेक्टर कार्यालय बगईमा खटिएको बेला गर्भवती भएको हो। निकुञ्जको बगई पोस्टबाट असोज १८ गते खोरसोरमा राखिएको हो। गर्भधारण गरेको २२ महिना पाँच दिनमा बच्चा पाएको जनाइएको छ। सामान्यतः हात्ती गर्भाधारणको २२ देखि २४ महिनाको बीचमा बच्चा पाउँछ। छावा जन्मिएको १२ औं दिनमा नामकरण गरिन्छ। भालेलाई गज भनिन्छ भने पोथीलाई कली।

‘नारायणी यही जन्मिएको हो। अहिले जन्मिएको छावा तेस्रो पुस्ता हो’, प्रजनन् केन्द्रका दरोगा राजेन्द्र पनुहारले भने, ‘खोरसोर सुरु गर्दा यसको आमालाई भारतबाट ल्याइएको हो। हामी यहाँ हात्तीका छावाहरूलाई तालिम दिने, सिकाउने काम गर्छौं।’ 

निकुञ्जमा हात्ती प्रजनन् केन्द्र स्थापनाका बेला भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट चारवटा गैंडासँग साटेर १६ हात्ती ल्याइएको थियो। तीमध्ये ‘शशिकली’ नाराणीकलीको माउ हो। अहिले जन्मिएको छावा शशिकलीको तेस्रो पुस्ता हो।  यसअघि नारायणीले जन्माएको ८ माडीगज आठ वर्षको भयो। त्यसभन्दा तलको लक्कीप्रसाद पाँच वर्ष पूरा भएको छ। माडीगज जंगली हात्ती ध्रुवे र लक्कीप्रसाद रोनाल्डोको संसर्गबाट जन्मिएको हो। यी दुवै हात्ती राष्ट्रिय गैंडा गणनामा प्रयोग भएका थिए। प्रजनन केन्द्रमा हुर्किएका हात्तीलाई तालिम दिइन्छ। खोरसोरमा नवजात छावासँगै १० वटा बच्चा हात्ती पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.