सप्तरीमा कोरोना संक्रमित शिक्षकको मृत्यु

सप्तरीमा कोरोना संक्रमित शिक्षकको मृत्यु

राजविराज : सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक (रामदेव चौधरी) को मंगलबार मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित निमावि राहत शिक्षकको मृत्यु भएको सोही विद्यालयमा कार्यरत शिक्षक महेश मास्केले जानकारी दिए।

ज्वरो आएर स्वास फेर्न समस्या भएपछि उनी बैशाख ८ गतेदेखि अस्पताल भर्ना भएका थिए। एक सातादेखि उनलाई आइसियुमा राखिएको थियो।

यसअघि शनिबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत राजविराज नगरपालिका–९ का ४५ वर्षीय र बिहीबार धरानस्थित प्रतिष्ठानमा उपचाररत अग्नीसाइर कृष्णसवरण गाउँपालिका–५ का २४ र्षीय संक्रमित युवकको मृत्यु भएको थियो। योसँगै सप्तरीमा ४४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.