बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने ११ सय २२ जना प्रहरी नियन्त्रणमा
![बर्दियामा निषेधाज्ञा उल्लंघन गर्ने ११ सय २२ जना प्रहरी नियन्त्रणमा](https://annapurnapost.prixacdn.net/media/albums/karbahi_20210504063042_mNLzI1cywQ.jpg)
गुलरिया : नयाँ भेसियन्टसहितको कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सोमबारदेखि बर्दियामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलगायत मानिसलाई प्रहरीले नियन्त्रणमा लिइ होल्ड गरेको छ । जिल्लाका विभिन्न स्थानमा परिचालित प्रहरीले १ हजार १२२ जनालाई होल्ड गरी कोभिडका बारेमा सचेतना दिइ छाडेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समिति बर्दियाको निर्णयबाट जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेलाई होल्ड गरी सम्झाइ बुझाइ सचेत पारेर पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।
प्रहरी कार्यालय बर्दिया मातहत खटिएका प्रहरीले २ सय ३४ थान साईकल, ४ सय १० मोटरसाइकल, १ सय ४० वटा चारपांग्रे सवारी साधनसहित १ हजार १२२ जना लाई नियन्त्रणमा लिइ होल्ड गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)