निषेधाज्ञामा थप कडाइ : कति जिल्लामा छ निषेधाज्ञा ?

निषेधाज्ञामा थप कडाइ : कति जिल्लामा छ निषेधाज्ञा ?

काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ। यीमध्ये बाँके, सुर्खेत, कास्की, कैलालीमा निषेधाज्ञाको अवधि थप गरिएको गृह मन्त्रालयले जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित पर्सा र सुनसरीमा पनि लम्ब्याइँदै छ।

मन्त्रालयका अनुसार बागलुङ, नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासीपूर्व गरी ८ जिल्लामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ। महोत्तरी, रोल्पा र बाजुरामा बुधबारदेखि निषेध आदेश लागू हुने मन्त्रालयले मंगलबार बिहान १० बजेसम्म अपडेट गरेको तथ्यांकमा छ। दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, गोरखा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप रताप्लेजुङमा आंशिकरूपमा मात्रै निषेध आदेश जारी गरिएको मन्त्रालयले जनाएको छ।  

पर्सामा वैशाख  १६ देखि एक साताका लागि लगाइएको निषेध आदेश थप ८ दिन विस्तार गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको मंगलबार अपराह्न बसेको बैठकले निषेधाज्ञा वैशाख ३० गते मध्यराति १२ बजेसम्म थप्न प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको हो। बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थपिएको सूचना बुधबार जारी गर्ने बताए।

बैठकले सबै अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि अनुरोध गरेको छ। जिल्लामा उत्पादित अक्सिजन बाहिर नपठाउने निर्णयसमेत भएको पौडेलले बताए। वीरगन्ज महानगरपालिकाले १ सय बेडको अस्थायी कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउने, महानगरपालिकाले नै १ सय बेडको आइसोलेसन पनि सञ्चालनगर्ने निर्णय बैठकले गरेको छ ।

सुनसरीमा थप कडाइ
सुनसरीमा वैशाख २४ सम्मका लागि जारी निषेधाज्ञा ३१ गतेसम्म लम्ब्याइएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो। बैठकले निषेधाज्ञालाई थप कडा बनाउने निर्णयसमेत गरेको छ। जिल्लाभर बुधबारदेखि अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन बन्द गर्ने निर्णयसमेत भएको छ। यसअघि जोर–बिजोर प्रणाली कायम गरिएको थियो। यस्तै सुनसरी हुँदै जाने लामो दूरीका सवारी साधनलाई बीचमा रोक्न निषेध गरिएको छ।

यस्तै, काठमाडौं उपत्यकामा थप कडाइ गर्ने गरी निषेधको आदेश एक साता थप गर्ने निर्णय भएको छ। वैशाख १६ देखि २२ गतेसम्मका लागि निषेधको आदेश जारी भएकामा मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप कडाइ गर्दै निषेधाज्ञा अवधि एक साता लम्ब्याउने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २९ गते राति १२ बजेसम्म उक्त आदेश थप गरिएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.