कोरोनाबाट युवकको मृत्यु

कोरोनाबाट युवकको मृत्यु

राजविराज : कोभिड–१९ बाट संक्रमित सप्तरीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका ४२ वर्षीय युवकको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । 

ज्वरो आउनुका साथै छाती दुख्ने समस्या देखिएपछि उनी एक साताअघि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना भएका थिए । कोभिड संक्रमित पुष्टि भएपछि उनी विराटनगरमा उपचाररत थिए ।

परिवारका सदस्यकाअनुसार शव बुधबार मोरङ्गस्थित सिंघिया खोलामा व्यवस्थापन गरिने छ । सात वर्षअघिसम्म अखिल तराई मुक्ति मोर्चाका संयोजक रहेका उनले सशस्त्र सङघर्षको बाटो परित्याग गरी सहमतिअनुसार राजविराजमा ०७१ मङ्सिर ३ गते सरकारलाई नौ थान हतियार बुझाएर शान्तिपूर्ण जीवन प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.