ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन

ओलीविरुद्ध कांग्रेस, माओवादी, एमाले नेपाल र जसपा यादव समूहको गठबन्धन

काठमाडौं : राष्ट्रिय सभाको उपननिर्वाचनमा  नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले गठबन्धन बनाएका छन्। 

बुधबार यो समूहले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीविरुद्ध गठबन्धन बनाउँदै  राष्ट्रियसभाको रिक्त पदका लागि डा. खिमलाल देवकोटालाई अघि सार्ने निर्णय गरेको हो। 

बागमती प्रदेश नीति तथा योजना आयोगको पूर्वउपाध्यक्ष डा. देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवार बन्न लागेका हुन्। उता एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थपा ‘बादल’ लाई नै उम्मेदवार बनाउने तयारी गरेका छन्। माओवादीबाट निर्वाचित बादलले दल त्याग गरेपछि रिक्त राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो। बागमती प्रदेशको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवबीचको छलफलपछि देवकोटाको उम्मेदवारीमा सहमति जुटेको हो। प्रचण्डले उपनिर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँगसमेत छलफल गरिसकेका छन्। 

ओलीविरुद्ध गठबन्धन बनाएर बागमती र लुम्बनी प्रदेशको एकएक सिका लागि हुने उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति यो समूहले गरेको छ। बागमती प्रदेशबाट देवकोटालाई उम्मेदवार बनाउने निश्चित भए पनि लुम्बिनी प्रदेशको उम्मेदवारको टुंगो लागेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.