दार्चुलामा कोरोना संक्रमितको मृत्यु
दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मार्मा गाउँपालिका ३ घर भएका ५१ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।
मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा उपचारर्थ पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएपछि लटिनाथ स्वास्थ्य चौकीमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड फोकल व्यक्ति विरेन्द्रराज भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !
४