डोटीमा भारतबाट १२ सय ५४ जना भित्रिए, कोरोना फैलिने त्रास

डोटीमा भारतबाट १२ सय ५४ जना भित्रिए, कोरोना फैलिने त्रास

डोटी : सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्रगतिमा फैलिने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र देखिएपछि कामको सिलसिलामा भारतमा गएका सुदूरपश्चिमबासी अहिले धमाधम घर फर्किरहेका छन् । भारतबाट फर्केका उनीहरु बिनाचेकजाँच सिधै आ–आफ्नो घर गइरहेका छन् ।

उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहले पहल चाल्नुपर्ने भनिएपनि स्थानीय तहले खासै ध्यान दिएको देखिदैन । भारतबाट आएका व्यक्तिले होम क्वारेटाइनमै बस्नुपर्ने भनिएकाले उनीहरु आ-आफ्नो घरमा बस्न लागेका हुन् । तर घरमा छुट्टै बस्नुपर्ने भनिएपनि सुदूरपश्चिमका ग्रामीण भेगका घरहरु एक-दुई कोठाका मात्रै हुने भएकाले सबैसँगै बस्नुपर्ने बाध्यता रहेको छ।

उनीहरु घरमा सँगै बस्नुपर्ने र ट्वाइलेट तथा धारा समेत घरपरिवारसँग संयुक्तरुपमा प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसैले भारतबाट आएका व्यक्तिलाई कोरोना भाइरस देखिए सबै घरपरिवारलाई सजिलै संक्रमण हुने देखिन्छ ।

‘हामीमा कोराना भाइरस देखिए त्यो सबै घरपरिवारलाई सर्ने निश्चित देखिन्छ,' भरखरै भारतबाट फर्केका गणेश साउदले भने, ‘नगरपालिकाले कुनै किसिमको व्यवस्थापन गरेको छैन, त्यसैले आफ्नो घरमै बस्नुपर्ने बाध्यता रहेको छ, 'साउदले भने, ‘गाउँमा सानो घर भएकाले अन्य घरपरिवारसँगै बस्नुपर्ने बाध्यता रहेको छ र ट्वाइलेटदेखि सबै कुरा संयुक्त रुपमै प्रयोग गरिरहेका छौं ।'

यो एउटा उदाहरण मात्रै हो, भारतबाट फर्केका सबै व्यक्तिहरु घरमै गएर परिवारसँगै बसिरहेका छन् । यसले गर्दा ग्रामीण भेगबाट कोरोना संक्रमण फैलिने जोखिम बढ्दै गएको छ ।

भारतबाट घर फर्कनेहरुको व्यवस्थापनका लागि आ–आफ्नो पालिकाले व्यवस्था मिलाउनुपर्ने भनिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए । प्रजिअ खनालले भने, ‘स्थानीय तहहरुलाई जिम्मा दिइएको छ, उनीहरुले व्यवस्थापन गरिरहेका छन् ।’

‘उनीहरु जिल्लामा प्रवेश गर्ने वित्तिकै सबैको तथ्याङ्क लिने गरिएको र कुन व्यक्ति कुन स्थानीय तहको हो सोही अनुसार स्थानीय तहलाई जिम्मा लगाइरहेका छौं ,जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘भारतबाट फर्कनेहरुको सहि व्यवस्थापन गर्न सकिएन भने कोरोना भयावह रुपमा फैलने निश्चित छ ।’

‘भारतबाट आएकालाई व्यवस्थापनको लागि हामीले प्रयास गरेका थियौं तर उनीहरु अटेर गरेर घरमै गएर बसेका छन् ’, दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले भनिन्, ‘पहिलेको जस्तै विद्यालयमा क्वारेन्टाइन बनाएका थियौं तर उनीहरु त्यहाँ बस्न नमानेर सिधै घर गए।'

नगरप्रमुख मलासीले भनिन्, ‘त्यसैले पनि पीसीआर टेष्ट बढाएका छौं, भारतबाट आएका व्यक्तिको पहिला पीसीआर गराइरहेका छौं ।’

भारतबाट १२सय ५४ जना भित्रिए

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए पश्चात भारतबाट घर फर्कनेहरुको संख्या ह्वात्तै बढेको छ । डोटीमा हालसम्म भारतबाट फर्कनेहरुको संख्या एक हजार दुई सय ५४ रहेको छ । जसमा एक हजार एक सय ६६ पुरुष रहेका छन् भने ८८ जना महिला छन् ।

सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकामा रहेका छन् । दिपायल सिलगढी नगरपालिकामा भारतबाट फर्कनेको संख्या पाँच सय ५६ रहेको छ । यसैगरी शिखर नगरपालिकामा दुई सय ८५ जना रहेका छन् । जोरायल गाउँपालिकामा एक सय ४७ जना रहेका छन् ।

केआईसिंह गाउँपालिकामा भारतबाट फर्कने ८० जना रहेका छन् भने आदर्श गाउँपालिकामा ५१ जना रहेका छन् । यसैगरी बडीकेदार गाउँपालिकामा ४८ जना रहेका छन् भने पूर्वीचौकी गाउँपालिकामा ३९ जना रहेका छन् । सायल गाउँपालिकामा ३२ जना भारतबाट घर फर्केका छन् भने सबैभन्दा कम बोगटान फुड्सील गाउँपालिकामा १६ जना रहेका छन् ।

डोटीमा दिन प्रति दिन कोरोना संक्रमणको संख्यामा तीव्ररुपमा वृद्धि भइरहेको छ । हालसम्म दुई सय ७७ जनामा सक्रिय कोरोना भाइरस देखिएको छ । जसमा ८ जनाले अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.