भरतपुर महानगर कार्यालय बन्द
चितवन : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर महानगरपालिकाको अत्यावश्यक बाहेक सबै सेवा बन्द भएको छ। बिहीबार कार्यालयका ६ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि महानगरको बैठक बसेर आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
वैशाख मसान्तसम्म दमकल, सरसफाई, स्वास्थ्य र विपद् सम्बन्धी काम मात्रै हुने महानगरले जनाएको छ ।
जिल्लाका स्थानिय पालिकामध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा छन् । भरतपुरमा शुक्रबार बिहान मात्रै ७२ जना संक्रमित थपिएका छन् ।
हाल भरतपुरमा मात्रै १५ सय ५० सक्रिय संक्रमित रहेका छन् ।