भेन्टिलेटर अभावमा डोटीमा कोरोना संक्रमित पुरुषको मृत्यु

भेन्टिलेटर अभावमा डोटीमा कोरोना संक्रमित पुरुषको मृत्यु

डोटी : डोटीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल डोटीको आइसोलेसनमा उपचार गराइरहेका उनको शुक्रबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । भेन्टिलेटर अभावमा उनको मृत्यु भएको हो । डोटी अस्पतालमा आइसीयु र भेन्टिलेटर नहुँदा कोरोनाका जटिल बिमारीलाई समस्या भइरहेको छ । 

उनी रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा इन्जिनियर पदमा कार्यरत थिए । वैशाख १५ गते मात्रै उनी अन्यत्रबाट सरुवा भएर दिपायल कार्यालयमा हाजिर भएका थिए । डोटीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

सप्तरी जिल्ला कञ्चनपुरी नगरपालिका घर भएका ३२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका मेसु कृष्णराज जाेशीले बताए । उनी २२ गतेमात्रै अस्पतालमा भर्ना भएका थिए । बिहीबार नै उनको अवस्था गम्भीर भएकाले अन्यत्र रिफरका लागि उनको कार्यालयलाई जानकारी भएपनि शुक्रबारमात्रै उनलाई बाहिर लैजाने कुरा भइरहेको जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालमा हाल ५ जना सक्रिय कोरोनाका बिरामी उपचारत छन् । ती ५ जनाको अक्सिसन दिएर उपचार भइरहेको अस्पतालका कोभिड फोकल पर्सन राजेन्द्र फुलाराले बताए । आइसीयु र भेन्टिलेटर नहुँदा पाँचजनाको स्वास्थ्यमा समेत समस्या भइरहेको उनले बताए । 

यसअघि बुधबार डोटी, आदर्श गाउँपालिका २ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । डोटीमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्यामा तीव्ररुपमा वृद्धि भइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट तीन सय १६ जना संक्रमित भएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.