पाँच रुपैयाँ जरिवाना नबुझाउने फरार अभियुक्त पक्राउ

पाँच रुपैयाँ जरिवाना नबुझाउने फरार अभियुक्त पक्राउ

गुलरिया : बर्दिया प्रहरीले पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि फरार रहेका दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको उनले जानकारी दिए ।

रुपन्देही अदालतको मिति २०७० साल असार ४ गतेको फैसला आदेशले सम्बन्ध विच्छेद मुद्धामा १ सय २५ रुपैयाँ जरिवाना तोकिएका १ जना व्यक्ति पक्राउ परेका छन् । त्यस्तै कास्की जिल्ला अदालतको २०६१ साल जेठ १८ गतेको फैसलाले गाली बेइज्यत मुद्धामा १ सय रुपैयाँ जरिवाना तोकिएका फरार अर्का व्यक्तिलाई समेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको एसपी कार्कीले बताए । कानूनले तोकेको जरिवाना सानो रकम मानेर अटेरी गरी फरार रहेकाहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.