दार्चुलामा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

दार्चुलामा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो

दार्चुला : दार्चुलामा शनिबार राती थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ५ घर भएका ७२ वर्षीय पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए। उनका अनुसार शनिबार राती ती पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको हो ।

मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो । गाउँमा पसल सञ्चालन गर्दै आएका ती पुरुषको भारतबाट फर्किएकाहरुसँग भेटघाट हुने गरेको आफन्तले बताएका छन्। 

शवको व्यवस्थापनका विषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल भइरहेको डाक्टर अन्सारीले जानकारी दिए। यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

हालसम्म कोरोनाबाट दार्चुलाका तीनजनाको जिल्ला भित्र तथा चारजनाको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.