झापामा लुकाएर राखिएका अक्सिजन सिलिन्डर प्रहरीले बरामद गर्‍यो

झापामा लुकाएर राखिएका अक्सिजन सिलिन्डर प्रहरीले बरामद गर्‍यो

झापा: कोरोना संक्रमितहरुका लागि अक्सिजन अभाव हुन थालेपछि झापा प्रहरीले जिल्लाका विभिन्न स्थानमा लुकाएर राखिएका अक्सिजन सिलिन्डरहरु बरामद गरेको छ ।

प्रहरी टोलीले विभिन्न स्थानबाट १३३ वटा अक्सिजन सिलिन्डर बरामद गरिसकेको जनाएको छ । सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९० वटा सिलिन्डर, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२–१२ ओटा सिलिन्डर ल्याइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक  राकेश थापाका अनुसार कोरोना भाइरसका कारण संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेका अक्सिजनका सिलिन्डरहरू प्रहरीले संकलन गरेको हो ।

प्रवक्ता थापाका अनुसार संकलन गरिएका सिलिन्डरहरु दमकको मातृका ट्रेडर्स, बिर्तामोडको कपुरी ब्रदर्स लगायत सप्लायर्सहरुमा पुनः भर्नका लागि पठाइएको छ ।

कोभिडका बिरामी उपचार हुने अस्पतालहरुमा त्यसरी ल्याइएका  सिलिन्डरहरू कोभिडका बिरामीका लागि  प्रयोग गरिने छ । झापामा अझै केही अक्सिजन सिलिन्डर लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.