गोकुलेश्वरमा थप २६ जनामा कोरोना पुष्टि
गोकुलेश्वर : गोकुलेश्वरमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत २३ गते गोकुलेश्वर अस्पतालमा १ सय ५३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि बैतडी पठाएको थियो। जसमध्ये २६ जनामा कोरोना संक्रमण पुष्टि भएको गोकुलेश्वर अस्पतालका प्रशासन प्रमुख महेश बिष्टले बताए ।
यसअघि एन्टिजेन विधिबाट परीक्षण गर्दा गोकुलेश्वरमा १५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २ जनाको गोकुलेश्वर अस्पतालमा मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
५