दाङमा कोरोनाबाट थप १७ जनाको मृत्यु
दाङ : दाङमा मंगलबार मात्रै थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
संक्रमणबाट थप मृत्यु हुनेमा तुलसीपुरका ८ जना, घोराहीका ५ जना, लमहीका २ जना र दंगीशरण र गढवाका १÷१ जना रहेका छन्। यससंगै वैशाखयता मात्रै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ८९ पुगेको छ।
जिल्लामा १३८ जना डिस्चार्ज भएका छन्। योसँगै वैशाखयता जिल्लामा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ९२ पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।
जिल्लामा कोरोना संक्रमित थपिने दर सोमबारको तुलनामा मंगलबार कम रहेको छ। दाङमा मगलबार ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार १५० जनाको परिक्षणमा ५४ जना पुरुष र ४३ जना महिला गरी ९७ जनामा संक्रमण पुष्टि भएको हो।
दाङमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ७१ रहेको छ। दाङमा वैशाखयता ३ हजार ६ सय ६३ जनामा संक्रमण देखिएको छ।
बेलझुण्डी अस्पतालमा २४ घण्टामा ८ संक्रमितको मृत्यु दाङको कोरोना विशेष अस्पताल बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकरी दिए ।
तुलसीपुर उपमहानगरपालिका १९, ६, १७, १२, ४ का क्रमश ५२ वर्षिया पुरुष र ७६ वर्षीया पुरुष, ५० वर्षीया महिला, २७ वर्षीय पुरुष, ७० वर्षीया महिला गरेर २ जना महिला र ३ पुरुष जम्मा ५ जना र घोराही उपमहानगरपालिका वडा न १३ का ४४ वर्षीय पुरुषको, गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षीय मृत्यु भएको छ।
मंगलबार २ जना महिला र ६ जना पुरुष गरेर जम्मा ८ जनाको कोरोना विशेष अस्पताल वेलझुण्डी दाङमा कोभिड १९ बाट निधन भएको ओलीले जानकारी दिए। अहिले अस्प, अक्सिजनको अभाव देखिएको छ। यो कारणले पनि मृत्यु दर बढेको अस्पतालले जनाएको छ। यो संख्या अहिले सम्मकै बढी हो।