दार्चुलाको एकै गाउँपालिकामा ९३ जनाको कोरोना परीक्षण गर्दा ५८ संक्रमित
दार्चुला: दार्चुलाको अपी हिमाल गाउँपालिकामा एकै दिन ५८ जना कोरोना संक्रमित थपिएका छन् । अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार मंगलबार ९३ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै अपी हिमाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७५ पुगेको अपी हमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए ।
दार्चुलाको अपी हिमाल गाउँपालिका, महाकाली नगरपालिका, व्यास गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा संक्रमित थपिएका हुन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस !
५