बिहानै युवतीको मृत्यु, दिउँसोसम्म शव उठेन

बिहानै युवतीको मृत्यु, दिउँसोसम्म शव उठेन

स्याङजा : पुतलीबजार नगरपालिका -१० का २६ वर्षिया एक युवतीको बुधबार बिहान मृत्यु भएको छ। उनमा कोभिडका लक्षण देखिएको थियो।

पुतलीबजार नगरपालिका ६ टक्सार माइतमा बस्दै आएकी उनलाई मंगलबार (गएराती) श्वासप्रश्वासमा समस्या भएपछि बिहान ३ बजे जिल्ला अस्पताल ल्याइएको थियो। अस्पतालले अक्सिजनसहितको उपचार गराउँदा पनि सफल नभएपछि थप उपचारका लागि पोखरा रिफर गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताए। 

उपचारका लागि पोखरा लैजादै गर्दा उनको बाटोमै मृत्यु भएपछि मृत शरिर अहिले अस्पतालमा राखिएको छ। कोरोनाका त्रास देखाउँदै आफन्तले सो शव उठाउन मानेका छैनन्। मृत्युपछि मृतक युवतीको स्वाव परीक्षणका लागि पठाइएको छ। परीक्षण रिपोर्ट आउन तीन दिन लाग्ने बताइएको छ। 

शव व्यवस्थापनका लागि पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीसँग समन्वय भइरहेको वडा नं १० का सदस्य सुरजकुमार अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.