पाँचथरमा कोरोनाबाट एकको मृत्यु
फिदिम : पाँचथरमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ । फालेलुङगाँउपालिका २ का ६० वर्षीय पुरुषको पाँचथर अस्पतालमा मृत्यु भएको हो । कोभिड १९ फोकल पर्सन तेज तुम्बापोका अनुसार बुधबार राति दुई बजे अस्पताल भर्ना भएका उनको अस्पतालमै मृत्यु भएको हो।
स्वास्थ्य अवस्था जटिलभएपछि उनलाई पाँचथर अस्पताल ल्याइएको थियो । गत २४ गते स्वाब संकलन गरी प्रदेश ल्याबमा परीक्षण गरिएको थियो । २६ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो।