देशभर अक्सिजन अभाव हुँदा ओखलढुंगामा उत्पादन हुँदै

देशभर अक्सिजन अभाव हुँदा ओखलढुंगामा उत्पादन हुँदै

ओखलढुंगाः देशभरका अस्पतालमा कोरोना संक्रमणका विरामीको उपचारका लागि अक्सिजन अभाव भइरहँदा ओखलढुंगामा भने यसको व्यवस्थापन शुरु गरिएको छ । जिल्लामै अक्सिजन उत्पादन प्लान्ट सञ्चालनमा रहेकाले व्यवस्थापनमा सहज भएको हो ।

ओखलढुंगा सामुदायिक अस्पतालले दुई वर्षदेखि मिनिप्लान्ट सञ्चालन गर्दै आएको छ । यसबाट दैनिक ८ सिलिन्डरसम्म भर्न सकिने भएकाले जिल्लामा सहज भएको अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले जानकारी दिए । अस्पतालमा हाल ४० सिलिन्डर रहेका छन् । ती सिलिण्डर भरेर स्टक राख्ने तथा जिल्ला बाहिरबाट समेत मगाएर राख्ने तयारी थालिएको छ । अस्पतालको मिनि प्लान्टले दैनिक ठूला ८ सिलिण्डर भर्ने भएकाले जिल्ला अस्पतालमा रहेका सिलिण्डर समेत भर्ने तयारी छ । उद्योग बाणिज्य संघले २५ थाल खरिद गरेर भर्न पठाएको छ । संघको कार्यालयमा अक्सिजन सहितको आइसोलेशन निर्माण थालिएको छ । 

यहाँ १० बेड अक्सिजनसहितका हुनेछन् । संकटको अवस्थामा संघको भवनलाई आइसोलेशन वार्डका रुपमा विकास गर्न लागिएको अध्यक्ष ज्ञानेन्द मास्केले बताए । अक्सिजन सिलिन्डर खरिद गरेर संघले निशुल्क उपलब्ध गराउने छ । 

जिल्ला अस्पताल रुम्जाटारमा रहेका १९ थान समेत भरेर तयारी राख्ने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । जिल्लामै उत्पादन हुने भएकाले अत्यावश्यक अवस्थामा अभाव हुन नदिन तयारी थालिएको स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

अस्पताल तथा सांसदको पहलमा २०७४ सालदेखि यहाँ अक्सिजन प्लान्ट सञ्चालनमा छ । सांसद यज्ञराज सुनुवारले अक्सिजन प्लान्ट उद्घाटन गरेर कार्यकाल शुरु गरेका थिए । उनले अघिल्लो कार्यकालमा प्लान्ट स्थापनाका लागि बजेट विनियोजन समेत गराएका थिए । यसले पहाडी जिल्लामा सहज हुने सुनुवारको भनाइ छ । 

यस्तै सो अस्पतालमा अक्सिजन समेत अभाव नहुने भएपछि हाललाई २० शैया क्षमताको कोभिड १९ केयर युनिट स्थापना गरेर सञ्चालन गर्ने सहमति भइसकेको छ । अस्पतालले प्रदेश नं. १ सरकारसँग सम्झौता गरेर विरामीको उपचारको तयारी थालेको हो । यसले ओखलढुंगा जिल्लासहित छिमेकी जिल्लाहरु सोलुखुम्बु र खोटाङलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ । पहाडी जिल्लामा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने यो अस्पताल प्रदेशकै पहिलो हो । 
तस्वीरः ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित अक्सिजन प्लान्ट । शिवप्रसाद ढुंगाना 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.