नारायणकाजीले भने, ‘एमालेलाई बधाई, विरोधमा माओवादीले समय खेर फाल्नु हुँदैन’

नारायणकाजीले भने, ‘एमालेलाई बधाई, विरोधमा माओवादीले समय खेर फाल्नु हुँदैन’

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अब अरूको विरोधमा समय खेर फाल्न नहुने धारणा राखेका छन्। शुक्रबार फेसबुकमा लेख्दै उनले अब प्रतिक्रियात्मक भएर माओवादीले अरुको विरोधमा समय खेर फाल्न नहुने बताएका हुन्। 

एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको वार्ता सकरात्मक भएर प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएपछि श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

श्रेष्ठले वैचारिक छिपछिपेपन, विधि पद्धतिको अवज्ञा,गुटवन्दी, भ्रष्टिकरणबाट माथि उठ्नुपर्ने सुझाव दिएका छन्। ‘देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’ उनले भनेका छन्, ‘वैचारिक छिपछिपेपन, विधि पद्धतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टिकरणबाट माथि उठ्नुपर्छ र त्यसकोविरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं। ’

उनले घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन आजको आवश्यकता पूरा गर्न नसकिने बताएका छन्। उनले तत्काल भने कोरोनाको रोकथाम तथा नियन्त्रणमा सिङ्गो पाटी पङ्क्ति लाग्नुपर्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.