बेनीमा अक्सिजन बैंक

बेनीमा अक्सिजन बैंक

बेनी : म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ। अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकको रुपमा परिणत गरिएको हो। 

तीब्र रुपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर संकलन गर्न थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए। ‘विभिन्न संघ संस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्धार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको हो,’ उनले भने ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ।’

जिल्ला प्रहरी कार्यालयले बिहीबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ। प्रहरी नायव उपरीक्षक श्यामकुमार राई र राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको टोलीले संयुक्त अनुगमन टोलीले सिलिण्डर संकलन गरेको थियो। 

आठ वटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ वटा १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर संकलन गरेर प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा हस्तान्तरण गरिएको प्रनाउ राईले बताए। 

कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गर्ने गरि सबै प्रक्रिया पुरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उनले बताए। कोरोनाका संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको अभावमा उपचार प्रभावित बनेको छ। 

म्याग्दीमा पनि अक्सिजन अभावको अवस्था आउन नदिन अक्सिजन सिलिण्डर संकलन र भरेर राख्ने व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए। म्याग्दीमा करिब तीन सय थान अक्सिजन सिलिण्डर भएका अनुमान छ। 

यसैबीच बिहीबार नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्धारा सञ्चालीत राहुघाट जलविद्युत आयोजनाले बेनी अस्पताललाई २० थान सिलिण्डर उपलब्ध गराएको छ। व्यक्तिका घर तथा पसलमा प्रयोगविहिन अवस्थामा रहेका सिलिण्डरसमेत उपलब्ध गराउन अपिल गरिएको छ। 

बेनी अस्पतालसँग ५४ थान सिलिण्डर थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालका अनुसार २५ वटा सिलिण्डर रिफिल गर्न (भर्न) पठाइएको छ। अस्पतालको ३० वटा शैय्यामा अक्सिजन उत्पादन केन्द्रबाट पाइपमार्फत सिधै अक्सिजन पठाउने व्यवस्था मिलाइएको छ। 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको शैय्यामै अस्किजन पुर्‍याउन पाइपलाइन जडान गरिएको छ। पलान्टले एक दिनमा १५ वटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता रहेको छ। 

अस्पतालमा सामान्य अवस्थामा दैनिक २० देखि २५ जना स्वासप्रस्वास सम्बन्धी समस्या भएका बिरामी आउँछन्। हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ। 

एक पटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ। अक्सिजन उत्पादन केन्द्रको पुर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको छ। सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट पठाएकोमा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरिएको थियो। 

संघीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगंगा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ र अस्पतालको एक लाख ४० हजार रुपैयाँमा सिलिण्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर पलान्ट सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.