बर्दियामा कोरोना कहर : अस्पतालमा बिरामी खचाखच

बर्दियामा कोरोना कहर :  अस्पतालमा  बिरामी खचाखच

गुलरिया : न्यू भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नरोकिएपछि बर्दिया अस्पतालको जनरल वार्डहरुमै कोभिडका बिरामीको उपचार भइरहेको छ । स्थानीय तहमा संचालनमा रहेका अस्थायी कोभिड अस्पतालमा जनशक्ति र अक्सिजन अभावका कारण गुणस्तरीय सेवा दिन नसकेपछि जिल्ला अस्पतालमा फिभरसहित अक्सिजन कमी भएका बिरामी खचाखच भरिएका छन् ।

वहिरंग, अन्तरंग, आपतकालिन, गर्भवती तथा अपरेशन, क्षयरोग, एआरटी तथा खोपलगायतका सेवा दिँदै आएको बर्दिया अस्पतालमा दोस्रो चरणअन्र्तगत कोभिड संक्रमणका बिरामी खचाखच भरिएको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए । उनले भने, 'कोभिडका बिरामीलाई जनरल वार्डका १७ वटा वेडमा भर्ना गरी उपचार गरीरहेका छौं । दैनिक १ सय भन्दा बढी फिभरका बिरामी ओपीडीमा आउँछन् ।'

गर्भवती सेवा अन्र्तगत रहेको २७ वटा वेडमा सुत्केरी महिला भर्ना भइ सेवा लिइरहेका छन् । नजिकका जिल्लाबाट सुत्केरी हुन आउनेको संख्या पनि बढ्दो छ । उनले भने,' हामीसँग जनशक्ति अभाव छ । १ सर्जन, १ फिजिशियन, ५ जना मेडीकल अधिकृत डाक्टरहरु अस्पतालमा छन् । दरबन्दी र करार गरी १ सय जना जनशक्ति अस्पतालमा छन् । कोभिडका बिरामी भरिएपछि हामीलाई जनशक्ति पुर्याउन हम्मेहम्मे छ ।'

बर्दिया अस्पताल थोरै जनशक्तिमा पनि गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा लुम्बिनी प्रदेशकै अग्रणी स्थानमा पुरस्कृत भइसकेको छ ।अस्पतालमा कोभिड परीक्षणको समस्या छ । पीसीआर परीक्षणका लागि नमूना भेरी अस्पतालमा पठाउनुपर्छ । एकसाता पुग्दा पनि रिपोर्ट आउँदैन । एन्टिजेन किट पनि अभाव छ । 

कोभिड परीक्षणको रिपोर्ट समयमा नआउँदा अनुमानको भरमा उपचार गर्नुपर्ने बाध्यता छ । पाण्डेले भने,' अक्सिजन भर्न नेपालगञ्ज जानुपर्छ । अक्सिजन भर्न प्रत्येक पटक सिफारिस माग्ने गरिन्छ । समयमा भरिँदैन । त्यसले पनि हामीलाई समस्या पारेको छ । अस्पतालले माग्ने वित्तिकै सिलिण्डर भर्ने व्यवस्था मिलाउनु पर्छ । बर्दिया अस्पतालमा सिलिण्डर अभाव छ । सानो ठूलो गरी करिब ३० वटा सिलिण्डर हामीसँग छ ।'

बर्दिया अस्पतालले नेपालगञ्जमा अक्सिजन भर्न नपाएपछि जिल्लामा निजी क्षेत्रले संचालन गरेको अक्सिजन बैंकबाट भरी सिलिण्डर लिएर बिरामीको ज्यान जोगाउनु परेको अवस्था छ । डाक्टर पाण्डेले थपे बर्दिया अस्पतालमा कोभिडसँगै नियमित बिरामीलाई सेवा प्रवाह गरेका छौं । हामीलाई आवश्यक जनशक्तिलगायत अक्सिजनको व्यवस्था भैदिए धेरै सहज हुने थियो । कोभिड अस्पतालबाट दिइने सेवा सामान्य जिल्ला अस्पतालले उपलब्ध जनशक्तिमार्फत दिएपनि प्रभावकारी सेवा पाएको स्थानीयले महशुस गरेका छन् ।

बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार चैत्र अन्तिम साता दोस्रो लहर सुरु भएदेखि हालसम्म २ हजार १५१ जना कोरोना संक्रमित बर्दियामा छन् । 

जसमध्ये ११ सय ८६ जना होम आईसोलेसन, १ सय १० जना अस्पतालमा उपचाररत छन् । १२ सय ९६ जना सक्रिय संक्रमित रहेको बर्दियामा ४६ जनाले ज्यान गुमाइसकेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.