एकै दिन स्याङ्जाका ६ जनाको मृत्यु
स्याङ्जा : कोरोना संक्रमणबाट स्याङ्जाका छ जनाको उपचारको क्रममा मृत्यु भएको छ । प्रादेशिक कार्यालय पोखराका अनुसार शुक्रबार ६ जनाको मृत्यु भएको हो ।
उपचारका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा रहेका ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिकाका २, गल्याङ् नगरपालिकाका २, वालिङ् नगरपालिका र आँधीखोला गाउँपालिकाका एक÷एक जना रहेको प्रादेशिक स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए।
योसंगै स्याङ्जामा मृत्यु हुनेको संख्या २९ पुगेको छ। पछिल्लो २४ घण्टामा स्याङ्जामा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएसंग संक्रमितको संख्या ८४९ पुगेको छ। तीमध्ये ८५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए। जनाएको छ।