अक्सिजन सिलिन्डर ल्याइँदै

अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान सुरु गरेको छ। कोभिड—१९ को दोस्रो लहरले मातृभूमि नेपाल आक्रान्त  भए पछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि संघले सो अभियान सुरु गरेको हो। 

संकटको घडीमा ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानका साथ आर्थिक संकलन अभियान थालेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए। 
संघले  प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार, पदाधिकारी, मानार्थ परिषद् सदस्य  तथा अन्तर्राष्ट्रिय परिषद् सदस्य, पूर्वपदाधिकारी, राष्ट्रिय समन्वय परिषद् अध्यक्षलगायतलाई अभियानमा  सहयोगको लागि अपिल गरेको छ।  नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भए यता सहयोग बढाइरहेको छ। 

संघका अनुसार ओमानबाट ५ सय ५० अक्सिजन सिलिन्डर मे १५ तारिख नेपाल आउनेछ। सिलिन्डरको लागि लाग्ने करिब रु ७५ लाख मध्यपूर्वका गैरआवासीय नेपालीहरूले जुटाएका हुन्। ढुवानीको व्यवस्था सरकारले गरेको छ। चीनबाट १ सय ७० अक्सिजन कन्सन्ट्रेटर केही दिनमा नेपाल आउनेछ। यसको लागि रु. १ करोड ३७ लाख खर्च लाग्नेछ। जसमध्ये एनसीसी चीनले ७० अक्सिजन कन्सन्ट्रेटरको सहयोग गर्नेछ। ढुवानी खर्चको लागि नेपाल सरकारसँग समन्वय भइरहेको छ।

एनसीसी अस्ट्रेलियाले रु १ करोड बराबर र एनसीसी यूएसएले कम्तीमा रु ६० लाख बराबर सहयोग जुटाउने अभियान सुरु गरेका छन्। अफ्रिकामा रहेका गैरआवासीय नेपालीहरूबाट रु. १५ लाखबराबरको अक्सिजन सिलिन्डर नेपालको विभिन्न अस्पतालमा वितरण गरिएको छ। अन्य एनसीसीहरूबाट सहयोग संकलन अभियान सुरु गरेको संघले जनाएको छ। 
अक्सिजन र अक्सिजन सिलिन्डरको चर्को अभावमा नेपालमा संक्रमित बिरामीको ज्यान जाने क्रम बढेपछि राजदूतावासले समेत चासो व्यक्त गरेको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीको सक्रियतामा विभिन्न निकायसँग सहकार्य गरी सिलिन्डर नेपाल पठाउन लागिएको हो।

खरिद गरिएको अक्सिजनको सिलिन्डर मस्कटबाट राष्ट्रिय ध्वजावाहक विमान नेपाल एयरलाइन्सको विमानले ल्याउनेछ। यसका लागि उक्त विमान शनिबार मस्कटको लागि प्रस्थान गर्नेछ।  नेपाल एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ओमानबाट सिलिन्डरसहित फर्किने विमान सोही दिन साँझ चीनको बेइजिङको लागि प्रस्थान गर्ने बताए। बेइजिङमा संकलित करिब चार सय थान अक्सिजन कन्सर्नटेटर र अन्य औषधीय सामग्री लिन जाने तयारी भएको पौडेलले जानकारी दिए। 

बेइजिङमा दैनिक उत्पादन हुने करिब ५ सय ५० थानका दरले सिलिन्डर लिन उक्त विमान प्रत्येक दिन बेइजिङ उडान भर्ने बताइएको छ। अन्य मुलुकमा पनि अत्यावश्यक उपचारका सामग्री उपलब्ध हुन सक्ने भन्दै निगमको सबै जहाजलाई तयारी अवस्थामा राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.