निषेधाज्ञाको अटेरी बढेपछि सीडीओ र एसपी सडकमा

निषेधाज्ञाको अटेरी बढेपछि सीडीओ र एसपी सडकमा

परासी : स्थानीयहरुले निषेधाज्ञालाई अटेरी गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक आफैं सडकमा निस्केर कडाई गर्न थालेका छन् । जिल्ला प्रशासनले आजदेखि लागु हुने गरी निषेधाज्ञामा कडाई गरेको छ । 

निषेधाज्ञालाई पालना गराउन चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर पनि स्थानीयहरुले विभिन्न बहाना बनाउँदै अटेरी गरेर हिड्न थालेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र र प्रहरी उपरीक्षक अजयलागयतको सुरक्षा टोली सडकमा निस्केर निगरानी बढाएको हो । जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् । प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ । 

जिल्लामा संक्रमणको अवस्था भयावह बन्दै गएपछि यसअघि लगाईको निषेधाज्ञामा कडाई गरिएको हो । यसअघि बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । बैंक तथा वित्तिय संस्थाहरुलाई दिन मिलाएर खुला गर्न दिइएको थियो । संक्रमणको दोस्रो लहर सुरु भएको बैशाख महिनामा मात्रै  ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय ४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.