उदयपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

उदयपुरमा थप दुई कोरोना संक्रमितको मृत्यु

उदयपुर : उदयपुरमा कोरोना भाइरसबाट सोमबार थप दुई जनाको मृत्यु भएको छ। बैशाख २५ गते उपचारका लागि नोवेल अस्पताल पुगेका कटारी नगरपालिका-४ का ७४ वर्षीय बृद्धको सोमबार बिहान मृत्यु भएको हो। योसँगै मृतकको संख्या उदयपुरमा १४ पुगेको छ।

ज्वरो आएर उपचार गर्न पुगेका बृद्धलाई कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पतालमा आईसोलेसनमा राखेर उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए। 
त्यसैगरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत त्रियुगा नगरपालिका-३ का ४६ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ। स्वास्थ्य प्रमुख सुवेदीका अनुसार जिल्लामा हालसम्म १ सय ६८ महिला र २ सय १९ जना पुरुष गरी ३ सय ८७ जना संक्रमित रहेका छन्।

हालसम्म ७ जना महिला र १६ जना पुरुष गरी २३ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। कोरोना संक्रमितमध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा १ सय ९७ जना, बेलका नपामा ६६ जना, चौदण्डिगढी नपा ५९ जना, कटारी नपामा ३६ जना, रौतामाई गाउँपालिकामा १५ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ८ र उदयपुरगढी गाउँपालिकामा ७ जना रहेको सुवेदीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.