काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

काठमाडौंबाट रुकुमपश्चिम जाँदै गरेको बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

परासी : दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । ४९ यात्रु घाईते भएका छन् ।

काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा आज बिहान ७ बजे खसेर दुर्घटना भएको हो । 

दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक अजय केसीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र सोही जिल्ला सिस्ने गाउँपालिका–४ का  ३६ वर्षीय धनराज घर्ती रहेका छन् । अन्य दुई जनाको सनाखत हुन सकेको छैन । 

बस पहाडबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । 

घाइते सबैको अहिले चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएको छ । केही गम्भीर छन् । सबैलाई तत्काल अस्पताल पठाइएकाले कति गम्भीर छन् भन्ने बारे केही समयपछि जानकारी दिइएने प्रहरी उपरीक्षक केसीले बताए ।  

काठमाडौंमा अलपत्र परेका रुकुम पश्चिमका स्थानीयलाई लिएर बस त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । बसमा ५८ जना यात्रु थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.