डडेल्धुरा रेफर गरिएका संक्रमितको बाटोमै मृत्यु
दार्चुला : स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जिल्ला अस्पताल दार्चुलाबाट डडेल्धुरा रेफर गरिएका एकजना पुरुषको मालिकार्जुन गाउँपालिका ८ धामीगाडामा मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका ४ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।
जेठ १ गते कोरोना संक्रमण पुष्ट भएपछि उनलाई जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो । स्वासप्रश्वासको समस्या बढ्न थालेपछि दार्चुलाबाट डडेल्धुरा रेफर गरएिकोमा अस्पताल नपुग्दै बाटोमै मृत्यु भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
४