गुल्मीमा आइसीयू सञ्चालनका लागि दुई करोड बजेट विनियोजन
गुल्मी : गुल्मी अस्पताल तम्घासमा ५ बेड क्षमताको आइसीयू सञ्चालनका लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । परराष्ट्रमन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीको विशेष चासो र पहलले बजेट विनियोजन भएको हो ।
मन्त्री ज्ञवालीले बुधबार विनियोजित बजेटका बारेमा जानकारी गराएका हुन् । कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त बजेट जिल्लामा विनियोजन भएको हो ।
अर्थ मन्त्रालयले बुधबार बजेटको स्वीकृत दिएको छ । मन्त्री ज्ञवालीकै चासोमा यसअघि अक्सिजन प्लान्ट विस्तार गर्न १ करोड रुपैयाँ बजेट जिल्ला अस्पतालमा आएको छ । गुल्मी अस्पतालमा अहिलेसम्म आइसीयू बेड सञ्चालनमा छैन् ।