धौलीगंगा बाँधको ढोका खोलिदै, महाकाली किनारवासीलाई सतर्क रहन आग्रह
दार्चुला : नदीमा पानीको बहाव बढेपछि दार्चुलासँग जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी गर्दै लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेकाले ढोका खोलिने जानकारी दिएको छ। साथै परियोजनाले महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला पनि बाँधको ढोका खुल्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !
४