नवलपरासीमा कोरोनाबाट मृत्यु भएका ४४ शव सेनाले व्यवस्थापन गर्‍यो

नवलपरासीमा कोरोनाबाट मृत्यु भएका ४४ शव सेनाले व्यवस्थापन गर्‍यो

परासीः कोरोना संक्रमणले मृत्यु भएका ४४ वटा शवलाई पश्चिम नवलपरासीस्थित कालीध्वज गण परासीले व्यवस्थापन गरेको छ ।

व्यवस्थापन गरिएका शवमा सबैभन्दा बढी होम आइसोलेसनमा मृत्यु भएकाहरु रहेको गणका प्रमुख सेनानी समिर कुमार गुरुङले जानकारी दिए ।

होम आइसोलेसनका २६ र पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएका १८ जनाको शव व्यवस्थापन गरिएको गुरुङले जानकारी दिए । जिल्लामा पहिलो लहरमा ३३ र दोस्रो लहरमा ७७ गरी कुल १ सय १० जनाको मृत्यु भएको  छ । जसमा सेनाले दोस्रो लहरमा मात्र ३६ जनाको शव व्यवस्थापन गरेको हो । जिल्ला अस्पताल र होम आइसोलेसनबाहेक अन्यको उपचारका क्रममा अन्य जिल्लामा मृत्यु भएको हो । उनीहरुको सोही जिल्लाहरुमा शव व्यवस्थापन हुँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शव व्यवस्थापनका लागि गणले दैनिक ४ वटा टिम तयारी अवस्थामा राखेको छ । ‘गणमा रहेका सबैलाई शव व्यवस्थापनबारे प्रशिक्षण दिइएको छ । आवश्यक परेको अवस्थामा जति जनालाई पनि परिचालन गर्न सकिन्छ ।’ प्रमुख सेनानी गुरुङले भने । मृतकका परिवारको चाहानाअनुसार अन्तिम संस्कार गर्न चाहनेलाई स्वास्थ्य मापदण्डसहित उक्त कर्म समेत गर्न दिइने गरिएको छ ।

निर्देशिकाअनुसार शवलाई र्‍यापिङ गर्ने जिम्मेवारी स्वास्थ्यकर्मीको हो । ‘विपद्को समयमा जिम्मेवारीलाई कुर्नुभन्दा पनि तत्काल समस्या समाधान तर्फ लाग्नु पर्ने भएकाले हामी आफैंले पनि र्‍यापिङ गरेर व्यवस्थापन गर्दै आएका छौं ’ उनले भने ।

शव व्यवस्थापन र अन्य अवस्थामा आवश्यक पर्ने पीपीई स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको गणले जनाएको छ । शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मीहरुले भने अहिलेसम्म जोखिम भत्ता रकम पाएका छैनन् । ‘संकटका बेला भत्ता र रकमको कुरा भएन, रकम आयो भने पाईहाल्छन् ।’ प्रमुख सेनानी गुरुङले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.