विपत्मा सक्रिय चिकित्सक दम्पती

विपत्मा सक्रिय चिकित्सक दम्पती

चितवन : पेसाले दन्त चिकित्सक हुन्, डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने। कामबाट फुर्सद पाउनासाथ यी दम्पती दिनदुःखीको खोजीमा जुट्छन्। विपत्मा व्यक्तिगत खर्च गरेर सहयोगमा खटिन्छन्। 

अहिले उपचारभन्दा बढी उनीहरू महामारी पीडितका लागि सहयोगमा व्यस्त छन्। 

उनीहरूले कोभिडको कहरमा अग्रपंक्तिमा खटिनेका लागि स्वास्थ्य सामग्री तयार गरे। भरतपुर अस्पताललाई अत्यावश्यक परेको १० थान ठूलो अक्सिजन सिलिन्डर सहयोग गरे। त्यस्तै स्वास्थ्यकर्मीका लागि एक सय थान पीपीई र पाँच कार्टुन ग्लोब्स दिए।  सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राखे। व्यक्तिगत लगानीमा बुधबार पाँच लाखबराबरको  सहयोग गरे।  

कोभिडको कहरमा चिकित्सक दम्पती सक्रिय छन्। समस्या देखेपछि व्यक्तिगत लगानीमा उनीहरू खटिरहेका छन्। कसैलाई समस्या परेको थाहा पाए सहयोग गर्न तम्सिन्छन्। अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजर, भाइजर, पीपीई र ग्लोब्स वितरण गर्छन्। ‘अक्सिजन नपाएर छटपटिँदै ज्यान गुमेका हृदयविदारक समाचार र तस्बिर देख्दा, अक्सिजन जोहो गर्न नसक्दा आफन्त र स्वास्थ्यकर्मीमा देखिने बेचैनी हेर्दा र स्वास्थ्य उपचारमा चाहिने सुरक्षाका कबज र स्वास्थ्य सामग्रीहरू अभावमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध भएको सुन्दा मन भारी भएर आयो’, डा. सरुले भनिन्, ‘केही मात्रामा भए पनि समस्यालाई हल गर्न सहयोग हुन्छ भनेर लागेका हौं।’  नारायणगढमा उनीहरूले साईराम डेन्टल सञ्चालन गरेका छन्। डा. सरु यसको प्रबन्ध निर्देशक हुन्। ‘आफूले कमाएर आफू मात्र बाँच्नुपर्छ भन्ने छैन,’ साईराम डेन्टल केयरकी सञ्चालिका सरुले भनिन्,‘ आफूसँगै अरूलाई पनि बचाउन पाउँदा जीवनमा सबैभन्दा ठूलो खुसी मिल्छ।’

अघिल्लो वर्ष पनि उनीहरू यसरी नै सक्रिय थिए। पहिलो चरणको कोरोना महामारीमा पनि साईराम डेन्टलले लकडाउनले अप्ठेरोमा परेकालाई जीविकोपार्जन लागि खाद्यान्नलगायतका सामग्री सहयोग गरेको थियो।  गत साल दन्त चिकित्सक, सर्वसाधारण, बालबालिका, विभिन्न सामाजिक संघसंस्थाहरू गरेर १७ लाखबराबरको सहयोग गरे। ‘ यो समय हामी सबै एकजुट हुने बेला हो’, डा. अजय न्यौपानेले भने, ‘आफू सुरक्षित हुँदै अरूलाई पनि सकेको सहयोग गरौँ भनेर लागेका छौं।’  वरिष्ठ दन्त चिकित्सक डा. न्यौपाने भरतपुर अस्पतालको दन्त चिकित्सा विभागका प्रमुख हुन्। 

यो सहयोग उनीहरूको पहिलो भने होइन। कतै दीनदुःखीलाई सहयोग गर्न जानु पर्दा डेन्टल केयर नै बन्द गरेर दौडन्छन्। जहाँ बालबालिका, वृद्धवृद्धा समस्यामा परेका हुन्छन्। निजी सम्पत्ति खर्च गरेर सामाजिक रूपान्तरणमा निस्वार्थ सेवा भावले लागिपरेका छन्। ‘जीवनमा पैसा मात्र ठूलो कुरा होइन’, 

भरतपुर अस्पतालका वरिष्ठ दन्त चिकित्सक न्यौपानेले भने, ‘आफूले कमाएको पैसाबाट यस्ता दीनदुःखीलाई सहयोग गर्न पाउँदा मनैदेखि सन्तुष्टि मिलेर आउंछ।’ 

सहयोग गर्न पाउँदा जोडी दंग हुन्छन्। जोडीले यसरी सहयोग गर्न थालेको दशक बित्यो।  आर्थिक अवस्था कमजोर भएका र पढाइमा समस्या भोगेका बालबालिकालाई सहयोग गर्छन्।  २०७२ सालको भूकम्पछि यो जोडीलाई सहयोग गर्न भ्याइनभ्याइ भयो। भूकम्पको बेला मात्र १२ लाख बढीको राहत सहयोग पीडित भएको ठाउँमा आफैं पुर्‍याए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.