प्रहरी चौकीमै जवानले गरे आत्महत्या

प्रहरी चौकीमै जवानले गरे आत्महत्या

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिकास्थित कालिका प्रहरी चौकी परिसरमा प्रहरी जवानले आत्महत्या गरेका छन् । पाल्पा घरभइ बर्दियाको कालिका चौकीमा कार्यरत २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले अम्बाको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर आत्महत्या गरेका हुन् ।

आइतबार बिहान प्रहरी चौकी परिसरमा रहेको अम्बाको रुखमा झुण्डिएको अवस्थामा खाम्चाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । 

एक महिनाअघि बाँकेस्थित गणबाट थप मद्दतका लागि बर्दिया झिकाइएका थिए। घटनाबाट अनुसन्धान भइरहेको छ । मृतकका परिवारलाई बोलाइएको र पोष्टमार्टम पछि परिवारलाई शव बुझाउने तयारीमा रहेको प्रहरीले जनाएको छ।  


    
    
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.