जसपामा नयाँ मोड

जसपामा नयाँ मोड

काठमाडौं : जनता समाजवादी पार्टीको विवादले नयाँ मोड लिएको छ। डा.बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको दुई दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टी विधान र नियमावलीबमोजिम स्पष्टीकरण सोध्ने भएको छ।

पार्टीको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिसाविपरीत कार्य गर्दै गराउँदै हिँडेको भन्दै अध्यक्ष ठाकुर, महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी सदस्य मो.इस्तियाक राईले जानकारी दिए। 

ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट पारिएको उनले बताए। पार्टी विरोधी गतिविधिमा संलग्न अन्यका बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय बाबुराम उपेन्द्र पक्षले गरेको छ।

बाबुराम उपेन्द्र पक्षले कार्यकारिणीको बैठक गरेको छ भने महन्थ राजेन्द्र पक्षले कार्यकारिणीको बैठक स्थगित गरेको भन्दै बैठकमा सहभागिता जनाएन। अध्यक्ष ठाकुरले नै कोभिडको कारण देखाउँदै बैठक स्थगित गरेको जानकारी गराएका थिए। उनले स्थगित गरिएको सूचना सार्वजनिक गरिएको थियो। साथै सम्पूर्ण कार्यकारिणी सदस्यलाई समेत जानकारी गराई सकिएको अवस्थामा तथाकथित गोप्य स्थानमा गरिएको भनिएको कार्यकारिणी समितिको बैठकप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन्। जसपाको केन्द्रीय कार्यकारिणी समिति भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने जानकारी पनि अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई गराएका छन्। 

बाबुराम उपेन्द्र पक्षले कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता नभएको स्पष्ट पारेको छ। बहुमत सांसदले गत वैशाख ३० मा महतोलाई संसदीय दलको नेता चयन गरेका थिए। बाबुराम उपेन्द्र पक्षले पार्टी कार्यकारिणी समितिले पार्टीको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो भएको बताएको छ। 

लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनेको नबनाइएको समेत बताएको छ। बिहीबारको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनका लागि एमालेबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाको कार्यदल बनाएको छ। सरकार र जसपाको महन्थ र राजेन्द्र पक्षको सहमतिमा मधेश आन्दोलनका मागअनुसार सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याइसकेको  छ।  

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जसपाको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको हुँदा त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने बाबुराम उपेन्द्र पक्षले जनाएको छ। 

जेठ ७ मा जसपाको अध्यक्ष महन्थ ठाकुर र संसदीय दलको नेता राजेन्द्र महतोको हस्ताक्षरसहित संविधानको धारा ५  बमोजिम एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी पेस गरेका थिए। जसपाका अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोले ओलीलाई तथा संघीय परिषद् अध्यक्ष बाबुराम र दोस्रो अध्यक्ष उपेन्द्रले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। 

बैठकले पार्टी विरोधी कार्य गरेका व्यक्तिबारे प्राप्त सूचनाका आधारमा आवश्यक छानबिन गर्ने जनाएको छ। त्यसैगरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्णय गरेको बाबुराम उपेन्द्र पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाद्वाराजारी विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.