नवलपरासीमा कोरोना संक्रमण घट्दै, मृत्युदर पनि कम

नवलपरासीमा कोरोना संक्रमण घट्दै, मृत्युदर पनि कम

परासीः पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट सञ्चो हुनेको संख्या बढ्दै गएको छ ।

संक्रमणबाट मृत्यु हुने दर र संक्रमितको संख्या पनि घट्दै गएको छ । २ दिनदेखि सञ्चो हुनेको संख्या बढेको हो भने यो अवधिमा मृत्यु हुने र संक्रमित हुनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी संस्थागत आइसोलेसनमा बस्नेको संख्या पनि घट्दो छ । पीसीआर परीक्षण गरी पठाइएकामध्ये ९० प्रतिशत भन्दा बढीको रिपोर्ट पोजिटिभ आउने गरेको थियो ।

अहिले यो प्रतिशत घटेर ७० भन्दा कममा पुगेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए । तथ्यांकअनुसार शनिबार ५९ जना संक्रमित भएकोमा १ सय ३५ जना निको भएर गएका छन् । त्यस दिन ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै आइतबार ४३ जना संक्रमित हुँदा ४१ जना निको भएर घर गएका छन् । त्यस दिन १ जनाको मृत्यु भएको छ । एक महिनादेखि हरेक दिन संक्रमणले ३ देखि ७ जनासम्मको मृत्यु हुँदै आएको थियो ।

दोस्रो लहरको संक्रमणबाट जिल्लामा अहिलेसम्म ८२ जनाको मृत्यु भएको छ । संक्रमितलाई राख्न ७ वटै स्थानीय तहमा आइसोलेसन बनाइएको छ ।

अहिले बर्दघाट नगरपालिकामा १४ र सुनवल नगरपालिकाको आइसोलेसनमा १३ जना छन् । अन्य पालिकामा रहेका संक्रमितहरु निको भएर घर गएकाले त्यहाँ बिरामीको संख्या शुण्य छ । पृथ्वीचन्द्र अस्पतालमा भने ३० जना संक्रमितको उपचार भइरहेको छ ।

अझै करिब २ सय जनाको रिपोर्ट आउन बाँकी छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १३ सय ८० छ । त्यसमध्ये धेरैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.