बर्दियामा हात्ती आक्रमणबाट आमा छोरीको मृत्यु

बर्दियामा हात्ती आक्रमणबाट आमा छोरीको मृत्यु

गुलरिया : बर्दियाको गेरुवा गाउँपालिका ११ स्थित आफ्नै घर अगाडि बसेका आमा छोरीको हात्ती आक्रमणबाट मृत्यु भएको छ । खाना खाएर सानी छोरी सहित घर अगाडि बसिरहेकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र ३ वर्षीया छोरी दीपिका विकको उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार राति निकुञ्जबाट आएको हात्तीले सूँडले च्यापेर चन्द्रालाई ३० मिटर पर पछारेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । 

उनकी ३ वर्षीया घाइते छोरी दीपीका विक गम्भीर अवस्थामा तत्काल प्रहरीले उद्धार गरी बाँकेस्थित नर्सिग होममा उपचारका लागि पुर्‍याएको थियो ।उनको उपचारका क्रममा मृत्यु भएको एसपी कार्कीले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.