सुदूरपश्चिम प्रदेश सरकार धरापमा : को बन्ला नयाँ मुख्यमन्‍त्री ?

सुदूरपश्चिम प्रदेश सरकार धरापमा :  को बन्ला नयाँ मुख्यमन्‍त्री ?

धनगढी : नेकपा एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमाले संसदीय दलको बैठक बसेको छ। बिहान ८ बजेदेखि हुने भनिएको बैठक साढे ९ बजेदेखि सुरु भएको हो। प्रदेश सभा भवन परिषरभीत्रै रहेको नेकपा एमाले संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ।

एमालेभित्रका दुवै गुटको बैठक बसेको हो। ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठुलो दलका रुपमा छ। त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल-नेपाल पक्षका सांसद छन्। बैठकमा २१ जना सांसदको उपस्थिति रहेको प्रमुख सचेतक तारा लामा तामाङले बताए। 
ओली पक्षका रनत थापा, लिलाधर भट्ट र गेल्बु बोहरा उपस्थित छैनन् भने नेपाल पक्षकी चुनकुमारी चौधरी अनुपस्थित भएकी छन्। रतन थापा र चुनकुमारी चौधरी कोभीडका कारण, भट्ट र बोहरा भने पहाडमा भएका कारण बैठकमा उपस्थित नभएका बताइएको छ। 

नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ। नेकपा भएका बेला, सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको थियो।अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह, उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी एमालेको तर्फबाट मन्त्री छन। शाह नेकपा एमाले संसदीय दलका नेता समेत हुन्। तीन जना मन्त्री पनि खनाल नेपाल पक्षकै हुन्। 

माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने बारे खनाल नेपाल पक्षमै मतभेद देखिएको छ। केहीले ठुलोदल भएका कारण सरकारको नेतृत्व एमालेले दिनुपर्ने अडान लिदै आएका छन् भने केहीले माओवादीलाई नै समर्थन यथावत राख्ने अडान राखेको बुझिएको छ। 

प्रदेश सभाको अंक गणित अनुसार ५३ सदस्यीय प्रदेश सभामा २५ एमाले, १३ माओवादी केन्द्र (१ जना कारवाही) १२ जना नेपाली काँग्रेस र २ जना जनता समाजवादी पाटीका सांसद छन्। एमाले र जसपा मात्रै मिले पनि माओवादी केन्द्रको सरकार विस्थापन गर्न सकिन्छ। तर एमालेभित्र पनि ओली र नेपाल -खनाल पक्ष भएकाले त्यसको सम्भावना न्युन देखिएको छ। एमालेभित्र अहिलेसम्मको तथ्यांक अनुसार ७ जना ओलीपक्ष र १८ जना खनाल नेपालपक्षमा खुलेका छन्। संसदिय दलको नेता, प्रमुख सचेतक र अहिले भइरहेका तीनै जना मन्त्री पनि खनाल नेपाल पक्षका हुन्।

सांसदहरुलाई ह्विप लगाउने अधिकार रहेका प्रमुख सचेतक र सांसदलाई कारवाहीको अधिकार राख्ने संसदीय दलका नेता खनाल नेपालपक्षका रहेकाले ओलीपक्ष सकसमा परेको छ। यद्यपी ओलीपक्षका नेता पठान सिह बोहरा भन्छन, ‘अब एमालेमा रहने वा नरहने भन्ने कुराको आज टुंगो लाग्छ।’ उनले एमालेमा रहने वा नरहने सांसदहरुको आजको संसदीय दलको बैठकले नै टुंगो लगाउने बताए।एमालेका यी दुई गुटमा कति/कति जना सांसद हुन्छन्, त्यसपछि मात्रै प्रदेश सरकारको समिकरणको टुंगो लाग्ने देखिएको छ। पार्टी अध्यक्ष ओलीले, स्थायी कमिटीको बैठकले गरेको निर्णयको अवज्ञा गर्नेलाई तुरुन्तै कारवाही गर्ने मुड बनाएको छ। 

अहिलेका सभामुख अर्जुनबहादुर थापालाई संसदीय दलको नेता बनाएर उनलाई मुख्यमन्त्री बनाउने कुराले पनि चर्चा पाएको छ। खनाल-नेपाल पक्षमै भएपनि उनी भद्र व्यक्तित्व भएका व्यक्तिका रुपमा परिचित छन्। सहमति भएमा, खनाल नेपाल पक्षमै भएपनि मुख्यमन्त्री हुने पक्कापक्की भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह पनि ओली पक्षमै बस्न तयार रहेको स्रोतले बतायो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.