भारतमा रोकिएन आँधी: लाखौँ मानिस विस्थापित

भारतमा रोकिएन आँधी: लाखौँ मानिस विस्थापित

नयाँदिल्ली: घातक आँधीवेहरीका कारण भारतको पश्चिम बंगाल सहित विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ । बुधबार  कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

भारतीय मौसम विभागका अनुसार यास आँधीका कारण ९ जनाको मृत्यु भयो । साथै पश्चिम बंगालका विभिन्न स्थानबाट ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । यहाँका ११०० गाउँ डुबानमा परेको बताइएको छ ।

यस आँधी अझै १२ घण्टासम्म आउनसक्ने भारतीय मौसम विभागले जनाएको छ । ओडिसामा भने भारी वर्षाका कारण १२० वटा गाउँ डुबानमा परेका छन् । र आँधीबाट बच्न यहाँका बासिन्दा पनि सुरक्षित स्थानतर्फ भागेका छन् । यस्तै यास आँधीकै कारण झारखण्डमा ८ लाख जति प्रभावित स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ सारिँदैछ ।

वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनका कारण बंगालको खाडी र अरेबिक सागरको पानी तातिएसँगै यस क्षेत्र आसपासको मौसम बिग्रिएको हो ।

साथै चक्रवातको आकारमा आएको तिब्रता मौसम परिवर्तनको कारण हुनसक्ने विज्ञहरुको भनाइ छ । यद्यपि यसबारे थप अध्ययन आवश्यकता रहेको भारतको मौसम विभागका निर्देशक डा मृत्युन्जय मोहपात्राले बताए । मोहपात्राका अनुसार हरेक वर्ष बंगालको खाडी र अरेबिक सागरमा पाँचवटा चक्रवात विकास भइरहेका छन् ।

कोरोनाभाइरस संक्रमणको नयाँ लहर सामना गरिरहेको भारतका विभिन्न स्थानमा आँधीको असर अझै रोकिएको छैन । यसअघि गुजरातमा पनि ताउते आँधीका कारण धनजनको क्षति भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.