कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा

कोरोना उपचारबारे अफवाह फैलाएको भन्दै भारतीय योग गुरु रामदेवविरुद्ध मुद्दा

नयाँदिल्ली: भारतीय चिकित्सा संघ (आईएमए)ले भारतीय चर्चित योगा गुरु रामदेव विरुद्ध प्रहरी समक्ष उजुरी दिएको छ ।

एलोपेथीको बारेमा अफवाह फैलाएको आरोपमा आईएमएले बिहीबार उनी विरुद्ध उजुरी दिएको हो । योग गुरु रामदेवले जानाजान गलत, निराधार र द्वेषयुक्त अफवाह फैलाएकोले उजुरीमार्फत् उनीविरुद्ध कारवाहीको माग गरिएको छ ।

रामदेवले कोभिड संक्रमितहरुको उपचारमा एलोपेथी विधि उपयुक्त नभएको र आफूले यसको निदान गर्नसक्ने भन्दै केही दिनदेखि सार्वजनिक रुपमा नै प्रचारवाजी गर्दैआएका थिए । एलोपेथी उपचार विधिबारे विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा समेत व्यापक रुपमा फैलिएका छन् ।

दिल्लीका वरिष्ठ प्रहरी अधिकारीका अनुसार रामदेव विरुद्ध उजुरी परेको र यसबारे अनुसन्धान सुरु गरिएको छ । रामदेवले भने उक्त उजुरीलाई लक्षित गर्दै आफूलाई कसैले पक्राउ गर्न नसक्ने भन्दै चेतावनी दिएका छन् ।

आईएमएले यसअघि नै रामदेव विरुद्ध कारवाही गर्न प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष माग गरेको थियो । कोभिड विरुद्धको खोपबारे सरकारी मापदण्डलाई समेत रामदेवले मिचेको भन्दै उनीमाथि कारवाही हुनुपर्ने वरिष्ठ चिकित्सकहरुले बताउँदै आएका छन् ।

रामदेवले विवादास्पद अभिव्यक्तिबारे माफी माग्नुपर्ने र १००० करोड क्षतिपुर्ति दिनुपर्ने पनि माग गरिएको छ । भारतमा दोस्रो लहरको कोरोना संक्रमण व्यापक रुपमा फैलिएर लाखौँ संक्रमित हुनुका साथै एकै दिन ४ हजारको मृत्यु भइरहँदा रामदेवले यसको खोपविरुद्ध अभिव्यक्ति दिएका हुन् ।

भारतमा यसअघि पनि विभिन्न राजनीतिक दलका नेता तथा प्रवुद्ध व्यक्तिहरुले गाईको गहुँतको सेवन गर्नाले कोरोना संक्रमण नहुने जस्ता विवादास्पद अभिव्यक्ति दिँदैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.