सुनवलमा एचडीयु सञ्चालन

सुनवलमा एचडीयु सञ्चालन

परासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना संक्रमण बिरामीका लागि एचडीयू सञ्चालनमा ल्याएको छ । यसअघि १९ बेडको आइसोलेसन निर्माण गरेर उपचार सेवा सुरु गरेको नगरपालिकाले थप १० बेडको एचडीयू सञ्चालनमा ल्याएको हो । 

एचडीयू सञ्चालन गर्न ७० लाख रुपैयाँ लागत लागेको छ । उक्त रकम नगरपालिकामा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले उपलब्ध गराएको हो । एचडीयूमा २ जना चिकित्सक र १५ जना स्टाफनर्स गरी १७ जना स्वास्थ्यकर्मी उपचारका लागि खटिएका छन् । 

जिल्लामै एचडीयू नहुँदा गम्भीर बिरामी बुटवल, भैरहवा र चितवन जानुपर्ने बाध्यता थियो । ती स्थानमा समेत बेड अभावले उपचार पाउन समस्या भएपछि नगरपालिकाले एचडीयूको आवश्यकता महशुस गरेर सो सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख भीम बहादुर थापाले बताए ।

एचडीयूमा अहिले गम्भीर प्रकृतिका बिरामीलाई राखेर उपचार गराउँदै आइएको छ । आइसोलेसन र एचडीयूमा अक्सिजन अभाव हुन नदिन नगरपालिकाले आफ्नै लगानीमा थप ६५ थान शिलिण्डर खरिद गरेको छ । 

अहिले नगरपालिकामा अक्सिजनको अभाव नरहेको नगर प्रमुख थापाले बताए । स्वास्थ्य संस्थामा आउन नपर्ने तर अक्सिजन आवश्यक भएका बिरामीका लागि नगरपालिकाले औषधिसहित अक्सिजन घरमै पुर्‍याउने गरिएको नगर प्रमुख थापाको भनाइ छ । त्यसैगरी अन्यन्त्र पठाउनुपर्ने बिरामीका लागि नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ । 

आइसोलेसन र एचडीयूमा आउने सबै बिरामी निको भएर घर जाने गरेको चिकित्सकले बताएका छन् । बिरामीका लागि अक्सिजनदेखि कुनै पनि औषधिको अभाव नहरको एचडीयू वार्डकी डा. सुरवी पुनले बताइन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.